२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

महिला एसिया कप राइजिङ स्टार्स : नेपाल पहिलो खेलमै पराजित

महिला एसिया कप राइजिङ स्टार्स अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान 'ए' सँग पराजित भएको छ। 

शुक्रबार थाइल्यान्डमा सुरु भएको सो प्रतियोगितामा नेपाल पाकिस्तान 'ए' सँग ३० रनले पराजित भएको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो। 

नेपालको लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन्। त्यस्तै, पाकिस्तानको लागि अनोशा नासिरले ३ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। पाकिस्तानको लागि कप्तान हफ्सा खालिद ४० रन बनाउँदै नटआउट रहिन्। 

नेपालको लागि कविता कुँवरले २ विकेट लिइन्।

प्रकाशित: १ फाल्गुन २०८२ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App