२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको रासायनिक कारखानामा विस्फोट : १५ को मृत्यु, सयौं घर भत्किए

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ।

औद्योगिक सहर फैसलाबादमा स्थानीय समयअनुसार बिहान लगभग ५:३० बजे विस्फोट भएको थियो भने विस्फोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै डनले जनाएको छ।

अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको संयुक्त प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उल्लेख गरेको छ।

प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरू खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरू क्षतिग्रस्त घरका बासिन्दा रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तथा उनीहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ।

उद्धार कार्य जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू कारखाना भित्र फसेको अनुमान गरिएको हुनाले हताहतको संख्या बढ्ने आशंका गरिएको छ।

प्रकाशित: ५ मंसिर २०८२ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App