१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दीपकेले भने- क्रकोच ज्याद्रो हुन्छ, एकपटक छिरेपछि निस्कँदैन

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि आन्दोलनका अगुवा अभिजीत दीपकेले क्रकोच ज्याद्रो हुने बताएका छन्। उनले एकपटक क्रकोच छिरेपछि ननिस्किने बताएका हुन्।

उनले आफूहरूका बाँकी दुई माग पूरा नभएसम्म जन्तरमन्तरबाट नहट्ने चेतावनी समेत दिए। मन्त्रीको राजीनामा पहिलो सफलता मात्र भएको भन्दै उनले आन्दोलन थप सशक्त रूपमा जारी रहने बताए।

दिल्लीको जन्तरमन्तरमा आन्दोलनकारीलाई सम्बोधन गर्दै दीपकेले भने, ‘मन्त्रीको राजीनामा त भयो, तर हाम्रा अझै दुईवटा माग बाँकी छन्। हामी त्यसै जानेवाला छैनौं। ककरोच एकपटक छिरेपछि निस्कँदैन।’

उनले नीट प्रश्नपत्र लिकका कारण आत्महत्या गर्न बाध्य भएका विद्यार्थीका परिवारलाई १/१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने मुख्य माग अघि सारेका छन्।

प्रहरी प्रशासनको व्यवहारप्रति आपत्ति जनाउँदै दीपकेले दिल्ली प्रहरीलाई समेत चेतावनी दिए। ‘दिल्ली प्रहरीका अधिकारीहरूले याद राखून् कि उनीहरूले क्रकरोचसँग निहुँ खोजेका हुन्,’ उनले भने, ‘हामीले एकजना शक्तिशाली मन्त्रीको त राजीनामा गराउन सक्यौँ भने तिमीहरू के चिज हौं ? विद्यार्थीहरूमाथि लगाइएका सबै झुटा मुद्दाहरू तत्काल फिर्ता हुनुपर्छ।’

आन्दोलनको क्रममा भोग्नुपरेका चुनौती र लोकतन्त्रको शक्तिबारे बोल्दै उनले थपे, ‘भाइ, यो लोकतन्त्र हो ! एक महिनादेखि मलाई मानिसहरूले भन्थे, के गर्दैछौ, कहिलेसम्म बस्छौं, यो मनपरी गर्ने सरकारले राजीनामा दिँदैन। तर हामीले गरेर देखायौं।’

प्रकाशित: ९ श्रावण २०८३ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App