२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुबा बिरामी हुँदा कम्पनीले राजीनामा दिन बाध्य पार्‍यो, कर्मचारीले अदालतमा मुद्दा जिते

तस्बिर : एआई

कम्पनीले बिरामी बुवाको उपचार हुँदा आफ्नो एक कर्मचारीलाई राजीनामा दिन दबाब दिएको छ। 

भारतको मुम्बईस्थित टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) माथि यस्तो आरोप लागेको हो। बिदा बढाउन अस्वीकार गर्दै काममा फर्कन दबाब दिएको आरोप कम्पनीमाथि छ।

टीसीएसलाई भारतको सबैभन्दा सम्मानित आईटी फर्महरू मध्ये एक मान्ने गरिएको छ। सात वर्ष काम गरेका ती कर्मचारीले बिरामी बुबाको शल्यक्रियाका लागि आपतकालीन बिदा लिएका थिए। 

आइसीयुमा राखेर आफ्नो गम्भीर बिरामी बुबाको हेरचाह गरिरहेको बेला राजीनामा दिन बाध्य पारेको आरोप छ। 

फोरम फर आईटी एम्प्लइजले साझा गरेको विवरण अनुसार पर्याप्त बिदा मौज्दात हुँदा पनि बढाउन अस्वीकार गरेर काममा फर्कन दबाब दिइएको थियो। 

अस्पतालमै रहँदा मानव संसाधन विभाग (एचआर) का प्रतिनिधिहरूले उनलाई १० महिनाको तलबको सट्टा राजीनामा दिन वा बर्खास्त हुने अल्टिमेटम दिए। सो समयमा उनी एउटा चलिरहेको परियोजनामा संलग्न थिए। 

अन्ततः उनले राजीनामा दिने विकल्प रोजे। तर कम्पनीले उनको सात वर्षको सेवाका लागि दिनुपर्ने उपदान भुक्तानी रोकेपछि मुम्बई श्रम कार्यालयमा उजुरी गरे। 

श्रम कार्यालयले कम्पनीको व्यवस्थापनलाई बोलाएर अनुचित श्रम अभ्यासका लागि चेतावनी दियो। 

करिब एक वर्षको कानुनी लडाँइपछि श्रम आयुक्तले कम्पनीलाई ती कर्मचारीलाई बाँकी रहेको पूर्ण उपदान भुक्तानी गर्न आदेश दियो। 

सो आदेशपछि कर्मचारीले आफ्नो बाँकी भुक्तानी प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

प्रकाशित: १३ मंसिर २०८२ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App