११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा हमास लडाकु र सशस्त्र आदिवासी सदस्यबिच झडप : २७ जनाको मृत्यु

इजरायली सैन्य कारबाहीको अन्त्यपछि गाजा शहरमा हमास र दाग्मास जनजातिका लडाकुहरू बिच भएको भीषण झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीका अनुसार गाजा शहरको जोर्डन अस्पताल नजिकै नकाबधारी हमासका बन्दुकधारीहरू र दाग्मास लडाकुहरू बिच गोली हानाहान भएको थियो।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलले दाग्मास लडाकुहरूलाई घेरेको र उनीहरूलाई पक्रन गोली हानाहान भएको बताए। गृह मन्त्रालयले 'सशस्त्र लडाकुको आक्रमण' मा आठ हमास सदस्यहरू मारिएको बताएको छ।

स्रोतका अनुसार शनिबारदेखि सुरु भएको झडपमा दाग्माश जनजातिका १९ सदस्य र हमासका आठ लडाकु मारिएका छन्।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजा शहरको तेल अल-हवा क्षेत्रमा ३०० भन्दा बढी हमास लडाकुहरूको टोली दागाश बन्दुकधारीहरू लुकेको भवनमा प्रवेश गरेपछि झडप सुरु भएको बताएका छन्।

प्रकाशित: २७ आश्विन २०८२ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App