२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेन-जी प्रदर्शनमा चीनको प्रतिकृया : नेपालमा छिट्टै स्थिरता फर्किओस्

नेपालमा सत्ता नै परिवर्तन हुने गरी चर्किएको युवा पुस्ताको आन्दोलनलाई लिएर चीनले प्रतिक्रिया जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालका सबै पक्ष आन्तरिक मामिला सम्हाल्न सक्षम रहेको कुरामा आफू विश्वस्त रहेको बताएका छन्।

उनले नेपालमा ‘सामाजिक व्यवस्था र स्थिरताको शीघ्र पुनर्स्थापना’ को आशा गरेको बताए।

प्रवक्ता जियानका अनुसार विरोध प्रदर्शनपछि विदेश मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो ‘कन्सुलर प्रोटेक्सन इमर्जेन्सी मेकानिजम’ लाई सक्रिय पारेको छ।

यसअघि भारतले पनि नेपालबारे चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण समाधान खोज्न अपिल गरेको थियो।

प्रकाशित: २५ भाद्र २०८२ २०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App