बिहीबार राति एफबीआईले चार्ली कर्कको हत्या प्रकरणमा एक संदिग्धको तस्बिर सार्वजनिक गरेको छ। यो घटनामा अहिलेसम्म कसैलाई हिरासतमा लिइएको छैन, तर स्रोतका अनुसार प्रहरीले संदिग्धको नाम थाहा पाएको छ।
एफबीआईले यसबारे जानकारी दिनेलाई एक लाख डलर पुरस्कारको घोषणा गरेको थियो। गोलीबारी भएको ठाउँ नजिकैको जंगलमा एउटा राइफल फेला परेको छ।
प्रहरीका अनुसार संदिग्ध युवा देखिन्छन्। उनी गोलीबारीपछि छतबाट घाँसे मैदानमा हाम फालेर कार पार्क हुँदै भागेका थिए। चार्ली कर्क रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वका रूपमा परिचित थिए। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र थिए।
३१ वर्षीय कर्कले देशभरका कलेजहरूमा खुला बहस आयोजना गर्थे। बुधबार युटाहको एक कलेजमा उनको गोली हानी हत्या भएको थियो।
प्रकाशित: २७ भाद्र २०८२ ०८:१७ शुक्रबार





