१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

विश्वकप लिग-२ः नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य, करणले लिए ४ विकेट

आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ।  

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको हो।  

५६ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै नोह क्रोएसले ७० र क्याप्टेन स्कट एडबार्ट्सले ५७ रन बनाए। उनीहरूले पाँचौ विकेटका लागि ११५ रनको साझेदारी गरे। नेपालले १७ रन अतिरिक्त दिएको थियो।  

नेपालका लागि करण केसीले ४, दीपेन्द्र सिंह ऐरीले २ तथा हेमन्त धामी र ललित राजवंशीले समान एक विकेट लिए।  

नेपालले आज अनुभवी बलर सन्दीप लामिछाने र सोमपाल कामीलाई आराम दिँदै लिलत राजवंशी र हेमन्त धामीलाई मैदान उतारेको हो।  

जारी सिरिजका यसअघिका तीनै खेलमा नेपाल पराजित भएको थियो। लिग २ को आठौं सिरिजको आफ्नो अन्तिम खेलसम्ममा नेपालले ३१ खेलबाट २४ अंकमात्र बनाएको छ। नेदरल्यान्ड ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा छ। 

प्रकाशित: १३ श्रावण २०८३ १८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App