क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भनेका छन् कि उनले एन्टी–टैरिफ विज्ञापनबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। क्यानडाको उक्त एन्टी–टैरिफ विज्ञापनमा अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रीगनको एउटा भनाइ प्रयोग गरिएको थियो।
गत हप्ताको उक्त विज्ञापनको प्रतिक्रिया स्वरूप ट्रम्पले क्यानडासँगको टैरिफ वार्ता रोकेका थिए र क्यानडाबाट आउने सामानमा थप १० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए।
दक्षिण कोरियामा भइरहेको एशिया प्यासिफिक इकनोमिक कोरपोरेसन सम्मेलनमा शनिबार क्यानडाका प्रधानमन्त्रीले पत्रकारहरूसँग भने, उनले आफ्नो एन्टी–टैरिफ विज्ञापनका कारण अमेरिकी राष्ट्रपतिसँग माफी मागिसकेका छन्।
उक्त विज्ञापनमा सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रीगनले दिएको रेडियो सन्देशका केही क्लिपहरू प्रयोग गरिएको थियो, जसमा भनिएको थियो कि टैरिफले अमेरिकी अर्थतन्त्रलाई हानी पु-याउँछ। एजेन्सी
प्रकाशित: १६ कार्तिक २०८२ ०६:४७ आइतबार




-600x400.jpg)
