४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डसँग जारी लडाइँका बिच कम्बोडियाले माग्यो युद्धविराम

थाइल्याण्डसँग जारी झडपका बिच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ।

दुई देशबिच दुई दिनदेखि सीमापार द्वन्द्व भइरहेको छ, जसमा धेरै मारिएका र घाइते भएका छन्।

संयुक्त राष्ट्र संघका लागि कम्बोडियाका राजदूत छिया केओले उनको देशले "कुनै पनि सर्तबिना" द्वन्द्वको अन्त्यको माग गरेको बताए।

उनले आफ्नो देशले 'यस विवादको शान्तिपूर्ण समाधान' चाहेको पनि बताए।

यद्यपि, थाइल्याण्डले कम्बोडियाको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।

यसअघि थाइल्याण्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्शल ल घोषणा गरेको थियो।

बिहीबारदेखि दुई देशबिचको झडप सुरु भएदेखि कम्तीमा १६ जनाको मृत्यु भएको छ र १० हजारभन्दा बढी मानिसहरूले आफ्नो घर छोड्न बाध्य भएका छन्।

थाइल्याण्ड र कम्बोडियाले एकअर्कालाई पहिले गोली हानेको आरोप लगाइरहेका छन्। एजेन्सी

प्रकाशित: १० श्रावण २०८२ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App