२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा बस दुर्घटना, ४० बढी गार्मेन्ट मजदुर घाइते

श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन्।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट चिप्लिएर तल खसेको थियो। सबै घाइतेहरूलाई उपचारका लागि नजिकैको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनास्थल रहेको डेहिओविटा पहाडी क्षेत्र हो र दुर्घटनाको समयमा सडक वर्षाका कारण चिप्लो भएको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

श्रीलंकाको पहाडी क्षेत्रमा यस्ता दुर्घटना विशेषगरी वर्षायाममा बारम्बार हुने गरेको जनाइएको छ। एजेन्सी

प्रकाशित: १७ श्रावण २०८२ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App