२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा बीएनपीको जितः मोदीले दिए तारिक रहमानलाई बधाई

बंगलादेशमा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको प्रारम्भिक मतगणनाले देखाएको छ। यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले पार्टी अध्यक्ष तारिक रहमान लाई बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले यस जितले बंगलादेशी जनताको तारिक रहमानप्रतिको विश्वास देखाएको बताए। उनले थपे, ‘भारत एक लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा सधैं उभिनेछ। हाम्रो बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा विकासका लक्ष्यहरू अघि बढाउन म तपाईंसँग सहकार्य गर्न उत्सुक छु।’

बीबीसी बांग्ला सेवाका अनुसार अहिलेसम्मको मतगणनामा बीएनपी नेतृत्वको गठबन्धनले १२८ सिट, जमात–ए–इस्लामी गठबन्धनले ४६ सिट, र अन्य दलहरूले ८ सिट जितेको देखिन्छ। बंगलादेशमा सरकार गठनका लागि १५१ सिट आवश्यक पर्छ।

मतगणना प्रक्रिया अझै जारी रहेको छ र आगामी दिनहरूमा अन्तिम नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ।

प्रकाशित: १ फाल्गुन २०८२ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App