७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलिया : खतरामा तटीय क्षेत्रका १५ लाख मानिस

अस्ट्रेलियाको जलवायु प्रतिवेदनले सन् २०५० सम्ममा समुद्री सतह बढ्दा तटीय क्षेत्रका १५ लाख मानिस जोखिममा पर्ने चेतावनी दिएको छ। राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले बाढी, चक्रवात, गर्मी, खडेरी र डढेलो जस्ता प्रकोपहरू बारम्बार र गम्भीर हुने अनुमान गरेको छ।

‘अस्ट्रेलियालीहरूले जलवायु परिवर्तनको परिणाम भोगिरहेका छन्, तर अहिले तापक्रम वृद्धि जति कम गर्न सक्यौँ, त्यति नै भावी पुस्तालाई यसको खराब प्रभावबाट जोगाउन सकिन्छ,’ जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने। बिबिसी

प्रकाशित: ३१ भाद्र २०८२ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App