२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'भोट चोरी' को आरोपः गान्धीको नेतृत्वमा विपक्षीको विरोध मार्च

भारतमा विपक्षी सांसदले सोमबार 'भोट चोरी' को गम्भीर आरोपलाई लिएर संसददेखि निर्वाचन आयोगको कार्यालयसम्म विरोध मार्च निकाल्ने तयारी गरेका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार यो मार्च लोकसभामा विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हुनेछ। विपक्षी दलले प्रमुख निर्वाचन आयुक्त र अन्य दुई आयुक्तसँग भेट्न समय मागेका छन्।

यसैबिच, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सोमबार साँझ इन्डिया एलायन्सका सांसदका लागि रात्रिभोजको आयोजना गर्दैछन्। बिहारमा मतदाता सूचीको विशेष संशोधन र कथित 'चुनावी धाँधली' विरुद्ध एकताबद्ध प्रयासको सन्दर्भमा यो भेला आयोजना हुन लागेको हो।

यसअघि गान्धीले केही राज्यमा 'भोट चोरी' भएको आरोप लगाएका थिए। आइतबार, कर्नाटकका मुख्य निर्वाचन आयुक्तले गान्धीविरुद्ध एक सूचना जारी गर्दै उनले दाबी गरेको 'एक महिलाले दुई पटक मतदान गरेको' घटनाको प्रमाण पेस गर्न भनेका छन्।

प्रकाशित: २६ श्रावण २०८२ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App