भनिन्छ, यदि तपाईंले कहिल्यै सिंहसँग भेट गर्नुभयो भने आफ्नो ठाउँमा बस्नु वा बिस्तारै पछि हट्नुपर्छ। जंगलको राजा सिंहले सिकार खाइरहेको बेला उसको नजिक जाने गल्ती कहिल्यै गर्नु हुँदैन। उसले खाइरहेको समयमा बाधा पुर्याउन खोज्दा उ रिसाउने डर हुन्छ।
अहिले सामाजिक सञ्जालमा एउटा रोचक भिडियो भाइरल भएको छ। एक युवक सिकार गरिरहेको सिंहको धेरै नजिक पुग्छन्। त्यति मात्र होइन उनले आफ्नो मोबाइलबाट भिडियो र फोटो पनि खिच्छन्। जंगलको राजालाई युवकको त्यो व्यवहार मन पर्दैन। अन्तमा सिंह रिसाउँछ, अनि ती युवक आफूलाई बचाउन पछि हट्छन्। यो भिडियो भारत, गुजरात राज्यस्थित भावनगरको भएको दाबी गरिएको छ। नवभारत टाइम्सले यो घटना तलाजा जिल्लाको बम्भोर गाउँमा भएको बताएको छ।
सिंहसम्म पुग्न आफ्नो ज्यान जोखिममा पारेको युवकको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियो उनका अन्य केही साथीहरूले खिचेका हुन्। भिडियोमा सिंह धेरै रिसाउँछ। साथै, सिंहले सिकार खाइरहेको समयमा ती युवक त्यहाँ कसरी पुग्छ? भनेर प्रश्न समेत गरिएको छ। भिडियोमा आउने आवाजबाट त्यहाँ धेरै मानिसहरू उपस्थित रहेको थाहा पाउन सकिन्छ। तर त्यहाँ कुनै अप्रिय घटना भएन।
यो भिडियो बाहिरिएपछि ती मानिसहरू को हुन्? भन्ने प्रश्न उठाइएको छ। साथै कतिपयले स्थानीय प्रशासनमाथि प्रश्न युवाहरूलाई सिंह बस्ने क्षेत्रसम्म कसरी पुग्न दिइयो भनेर सोधेका छन्। यो भिडियो अमरेली जिल्लाको एक गाउँबाहिर मृत अवस्थामा सिंह फेला परेको बेला बाहिर आएको हो। मानिसहरूले त्यस क्षेत्रमा सिंहको मृत्युप्रति चिन्ता व्यक्त गरेका छन्। यी मृत्युहरूको कारण कुनै गम्भीर भाइरसको प्रकोप हो कि होइन भनेर अनुसन्धान गर्न वन विभागलाई आग्रह गरिएको छ।
प्रकाशित: १९ श्रावण २०८२ १२:४२ सोमबार





