२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘होटल काण्ड’ले महिला मेयरको कुर्सी गयो

पूर्वी जापानको माएबाशी सहरकी मेयर अकिरा ओगावा विवाहित पुरुष अधिकारीसँग १० पटकभन्दा बढी होटल गएको स्वीकार गरेपछि राजीनामा दिएकी छिन्। घटना सार्वजनिक भएपछि उनले माफी समेत मागेकी थिइन्।

नगर सभा सदस्यहरूले लामो समयदेखि राजीनामा माग्दै आएका थिए। बिहीबार अविश्वास प्रस्तावमा मतदान हुने तयारी थियो। तर ओगावाले मंगलबार नै सभा अध्यक्षलाई राजीनामा पत्र बुझाइन्। राजीनामा बिहीबारदेखि लागू हुने भएको छ।

‘मैले धेरै सोचेर यो निर्णय गरेको हुँ,’ उनले सामाजिक सञ्जालमा लेखिन्, ‘अहिलेको अवस्थामा पद छोडेर आफ्नो कार्यको जिम्मेवारी लिनु नै उत्तम ठानें।’

उनले नयाँ चुनाव हुँदा आफू फेरि उम्मेदवार बन्ने संकेत पनि दिएकी छन्। उनले यसका लागि मतदातासँग साथ मागेकी छिन्।

मेयर बन्नुअघि वकिल रहेकी ४२ वर्षीया ओगावा गत वर्ष भारी मतले जितेर माएबाशीको पहिलो महिला मेयर बनेकी थिइन्। एजेन्सी

प्रकाशित: १० मंसिर २०८२ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App