अफगान तालिबानसँगको गोप्य बैठक रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान विद्रोही तालिबानसँगको शान्ति वार्ता रद्द गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पको घोषणासँगै अफगानिस्तानमा १८ वर्षदेखि जारी अमेरिकी युद्धलाई अन्त्य गर्ने ठानिएको अमेरिका–तालिबान बैठक अनिश्चित भएको छ।