१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘बेइजिङसमक्ष राजीनामा दिन चाहेको छैन’

हङकङ – मिल्थ्यो भने राजीनामा दिन्थें भन्ने हङकङकी प्रमुख कार्यकारी क्यारी लामको अडियो सार्वजनिक भएपछि उनले आफूले कहिले पनि राजीनामा दिन नखोजेको प्रष्ट पारेकी छन् ।

प्रमुख कार्यकारी लामको एउटा व्यक्तिगत बैठकको अडियो सोमबार सार्वजनिक भएको थियो । सो आवाजमा उनले ‘यदि आफूसँग विकल्प थियो भने पहिलो कुरा पदबाट राजीनामा दिन्थें भन्ने सुनिएको थियो ।’

लामले मंगलबार ‘आफूले कहिले राजीनामा दिन नचाहेको’ बताए पनि सार्वजनिक भएको सो अडियोको आधिकारिकताबारे भने अस्वीकार गरिनन् । हङकङमा कैयौं सातादेखि सरकारविरोधी प्रदर्शन जारी छ । सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो । विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो ।

लामले मंगलबार ‘आफूले कहिले राजीनामा दिन नचाहेको’ बताए पनि सार्वजनिक भएको सो अडियोको आधिकारिकताबारे भने अस्वीकार गरिनन् ।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो । यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन् । तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ । यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन् ।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ । कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ । यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ । विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ । हङकङमा १३ सातादेखि लगातार प्रदर्शन भइरहेको छ ।

व्यापारीहरुको एउटा समूहसँग गत साता गरेको वार्तालापको अडियोमा प्रमुख कार्यकारी लामले आफूसँग विकल्प थियो भने पदबाट राजीनामा दिने मनस्थिति रहेको बताएकी थिइन् । समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको सो अडियोमा कार्यकारी लामले विद्यमान हङकङ संकट समाधानका लागि आफूसँग ‘अति नै कम विकल्प’ रहेको समेत बताएकी थिइन् । उनले हङकङको वर्तमान संकट चीन र संयुक्त राज्य अमेरिकाबीच बढिरहेको तनावसँगै उब्जिएकाले अब यो राष्ट्रिय सुरक्षा र स्वाधीनताको विषयसँग जोडिएको धारणा सो अडियोमा राखेकी थिइन् ।

तीन महिनाभन्दा बढी समयदेखि हङकङ तनावग्रस्त रहिरहेकै परिपेक्ष्यमा लामले विकल्प थियो भने राजीनामा दिन्थें भन्नुलाई अति नै आश्चर्यजनक रूपमा हेरिएपछि मंगलबार उनले बेइजिङसँग कहिले राजीनामा दिनेबारे नबोलेको प्रष्ट पारेकी छन् ।

अडियो सार्वजनिक भएपछि मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी लामले आफूले निजी बैठकमा बोलेको कुरालाई रेकर्ड गरेर सञ्चारमाध्यमलाई दिएको विषय अस्वीकार्य रहेको समेत बताएकी छन् । ‘केन्द्रीय जनताको सरकारसामु मैले कहिले राजीनामा दिन खोजेको छैन,’ प्रमुख कार्यकारी लामले संवाददाताहरुसँग भनिन्, ‘मैले केन्द्रीय सरकारसँग कहिले पनि राजीनामा बारे छलफल नै गरेको छैन ।’

क्याप्सन ः मंगलबार हङकङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी क्यारी लाम । तस्बिर ः एजेन्सी
००००
 

प्रकाशित: १८ भाद्र २०७६ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App