ब्राजिलमा विमान दुर्घटना, कम्तीमा तीनको मृत्यु
ब्राजिलको बेलो हरिजोन्ट सहरस्थित एक आवसीय क्षेत्रनजिकै एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ।
ब्राजिलको बेलो हरिजोन्ट सहरस्थित एक आवसीय क्षेत्रनजिकै एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न निर्वाचनमा जित हासिल गरे पनि यसअघिको बहुमत भने गुमाएको छ।
अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।
अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ।
ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ। सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।
थाइल्यान्डका नरेश (राजा) महा वाचिरालंकनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।
फिलिपिन्समा पछिल्ला केही वर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही गरिएको अधिकारीहरुले जनाएका छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार एक सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो।
दोस्रो विश्वयुद्धको भीषण संघर्ष दौरान समुद्रमा डुबेका दुईवटा जापानी जहाजलाई सामुद्रिक खोजकर्ताहरुले फेला पारेका छन्। फेला परेका दुई जहाजका भग्नावशेष मिडवेको लडाइँ भनेर चिनिने सन् १९४२ मा संयुक्त राज्य अमेरिका र जापानबीच भएको प्रमुख हवाई तथा सामुद्रिक लडाइँका क्रममा डुबेका सातवटा जहाजमध्येकै भएको खोजकर्ताहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको बताइएको छ।
युरोपेली संघ (ईयू) का अधिकारीहरुले अफगानिस्तानमा युद्धविरामका लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रूपमा काबुलको भ्रमण गरेलगत्तै ईयूले युद्धविरामको आह्वान गरेको हो ।
युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्। अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो।
कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ।
चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।
अमेरिकी अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो। पाँच दिनभित्र कुर्द लडाकुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने सर्त पनि राखिएको थियो।
करीब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्युयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ। यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ। क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्युयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो।
पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाविरुद्ध हजारौंले प्रदर्शन गरेका छन्। उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
भारत र पाकिस्तानको सीमाको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु मारिएको र अन्य कैयौँ घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ।
पाँच महिनादेखि अशान्त हङकङमा आइतबार भएको प्रदर्शन थप हिंसात्मक बनेको छ। सरकारविरोधी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाए पति आइतबार हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीमध्ये केही कडा प्रदर्शनकारीको एउटा समूहले प्रहरी स्टेसनलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका हुन्।
चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ।
उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ।
करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ।