सर्वाधिक लामो यात्रुवाहक उडान
करीब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्युयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ। यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ। क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्युयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो।

