१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नौ भारतीय सैनिक मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद – भारत र पाकिस्तानको सीमाको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु मारिएको र अन्य कैयौँ घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ।

उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बंकर’ पनि नष्ट गरेको पाकिस्तानी सेनाले दाबी गरेको छ। यसबारे पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको जानकारीअनुसार उक्त घटनामा एक पाकिस्तानी सैनिक र तीन सर्वसाधारणको पनि मृत्यु भएको छ भने दुई सैनिक र पाँच सर्वसाधारण घाइते भएका छन्। पाकिस्तानी अधिकारीले उक्त क्षेत्रमा दोहोरो भिडन्त भएको बताएका छन्।

‘भारतीय पक्षले जुरा, शाहकोट र नौसेरी क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरेर युद्धविराम उल्लंघन गरे। यसको सशक्त प्रतिरोध गर्ने क्रममा नौ भारतीय सैनिक मारिएका छन् भने कैयौँ घाइते भएका छन्। उक्त घटनामा भारतीय सेनाको सुरक्षार्थ बनाइएका दुई ‘बंकर’लाई नस्ट गरिएको छ,’ उनले भने, ‘दोहोरो भिडन्तमा पाकिस्तानतर्फका एक सैनिक र तीन सर्वसाधारणले शाहदत प्राप्त गरेका छन्। घटनामा दुई सैनिक र पाँच पाकिस्तानी घाइते भएका छन्।’

आइतबार पाकिस्तानी पक्षले तोप आक्रमणमार्फत ताङ्धार क्षेत्रमा हमला गरेपछि दोहोरो भिडन्त भएको भारतीय पक्षको दाबी रहेको छ। भारतीय सैनिकको दाबीअनुसार भारतले पाकिस्तानविरुद्ध गरेको प्रत्याक्रमणमा कम्तीमा चारजना पाकिस्तानी सैनिक मारिएका छन्।

 

 

प्रकाशित: ४ कार्तिक २०७६ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App