'सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न आग्रह'
अमेरिकी संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भनिएको छ।
अमेरिकी संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भनिएको छ।
नोबेल पुरस्कार विजेता भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरणअनुसार आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ।
लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिका र एसियाका ८२ भन्दाबढी गैरकानुनी आप्रवासीलाई उद्धार गरेको छ।
बेलायत र युरोपेली संघको वार्ता टोलीबीच बेल्जियमको राजधानी ब्रसेल्समा हुन लागेको बैठकअघि युरोपेली संघबाट बेलायतको बहिर्गमनको विषयमा सहमति भएको हो।
टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ।
जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।
उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अस्वीकार गरेको टर्कीका सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन्।
हङकङको इतिहासमै प्रमुख कार्यकारीले आफ्नो च्याम्बरमा सम्बोधन गर्न नपाएको यो पहिलो घटना भएको बताइएको छ।
शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिने गर्छ।
जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।
अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
ट्युनिसियामा राष्ट्रपतिका लागि भएको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार काइस सैयद निर्वाचित भएका छन्। उनी खसेको मतको ७२.७१ प्रतिशत मत प्राप्त गरी विजय भएको ट्युनिसियाको निर्वाचन आयोग (आइएसआइई) लाई उद्धृत गरी अलजजिराले मंगलबार जनाएको छ।
हङकङ प्रहरीले ‘अति खतरनाक’ एउटा सानो बम विस्फोट भएको जानकारी दिएको उल्लेख गर्दै प्रमुख कार्यकारी क्यारी लामले हिंसा फैलाउनका लागि परेका कसैलाई पनि कुनै प्रकारको छुट नहुने बताएकी हुन्।
प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले मंगलबार आरोप लगाएका छन्।
आँधीका कारण घरबारविहीन दुई व्यक्तिलाई आँधीकै समयमा शिविरमा बस्न नदिइएको भन्ने विवरण सार्वजनिक भएलगत्तै प्रधानमन्त्री सिन्जो आबेले यसप्रति चासो व्यक्त गरेका छन्।
उत्तरी सिरिया गरिएको आक्रमणलाई लिएर संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ।
‘एक्सटिङ्सन रेबेल्यिन’ आन्दोलन वा समूहका एकजना संस्थापकसहित जलवायु परिवर्तनसम्बन्धी अभियन्ताले मंगलबार प्रहरी प्रतिबन्धको वेवास्ता गर्दै बेलायतको यातायात मन्त्रालय र सुरक्षा एजेन्सी एम आई फाइभलाई लक्षित गर्दै प्रदर्शन गरेको हुन्।
दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।
जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीया उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकता प्रस्ताव पेश गरेका छन्।
टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि टर्की–सिरिया सीमाक्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्।