‘इरानी नागरिकमाथि अमेरिकी अपराध’
प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले मंगलबार आरोप लगाएका छन्।
प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले मंगलबार आरोप लगाएका छन्।
आँधीका कारण घरबारविहीन दुई व्यक्तिलाई आँधीकै समयमा शिविरमा बस्न नदिइएको भन्ने विवरण सार्वजनिक भएलगत्तै प्रधानमन्त्री सिन्जो आबेले यसप्रति चासो व्यक्त गरेका छन्।
उत्तरी सिरिया गरिएको आक्रमणलाई लिएर संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ।
‘एक्सटिङ्सन रेबेल्यिन’ आन्दोलन वा समूहका एकजना संस्थापकसहित जलवायु परिवर्तनसम्बन्धी अभियन्ताले मंगलबार प्रहरी प्रतिबन्धको वेवास्ता गर्दै बेलायतको यातायात मन्त्रालय र सुरक्षा एजेन्सी एम आई फाइभलाई लक्षित गर्दै प्रदर्शन गरेको हुन्।
दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।
जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीया उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकता प्रस्ताव पेश गरेका छन्।
टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि टर्की–सिरिया सीमाक्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्।
राज्यद्रोहको अभियोगमा स्पेनको सर्वोच्च अदालतले क्याटलन विखण्डनवादी नौ नेतालाई नौदेखि १३ वर्षसम्मको कैद सजाय सुनाएको छ।
द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा अभिजित बनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई दिने घोषणा गरेको छ।
हागिबिस आँधीका कारण जापानमा मृत्यु हुनेका संख्या ४० पुगेको छ। दशकौंपछिको शक्तिशाली आँधीसँगै आएको बाढी र पहिरोमा परी कैयौं व्यक्ति हराइरहेको र उनीहरुको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि जापानमा सेनासमेत परिचालन गरिएको छ।
भारत प्रशासित जम्मु कश्मीरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा सुरु गरिएको छ। अवरूद्ध गरिएको ७२ दिनपछि पोस्टपेड मोबाइल सेवा पुनः सुरु भएको हो। जम्मु कश्मीरका मुख्यसचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि कश्मीरका सबै १० वटै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन भएको जानकारी दिएका छन्। सुरक्षा स्थितिको मूल्यांकनपछि जम्मु कश्मीरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको पनि उनले जानकारी दिएका छन्।
अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।
‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ। यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्।
ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो।
टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि सो क्षेत्रमा रहेका शिविरहरुमा लामो समयदेखि बस्दै आएका इस्लामिक स्टेट (आइएस)का सयौं आफन्तजन शिविरबाट भागेका छन्।
जापानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले दशौं हजार सेना र उद्धारकर्मी परिचालन गरेको छ ।
हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।
अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।
कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।
चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन्।
संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।
अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।