जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।