मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात
मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।
मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।
फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु २० भन्दाबढी घाइते भएको प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।
उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्।
बंगलादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन्।
जम्मु काश्मिरको डोडा जिल्लास्थित बाटोटे–किस्टवाड राष्ट्रिय राजमार्गमा मङ्गलबार एउटा निजी सवारी साधन दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त घटनामा तीन जना बालबालिका समेत मारिएका छन्।
भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन्। राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन्।
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ।
मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ।
इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ ।
एकजना प्रदर्शनकारी सोमबार बिहान प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन्। २४ साताअघि सुरु भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते हुनेमा उनी तेस्रो व्यक्ति हुन्। घाइते अर्को व्यक्ति भने बेइजिङ समर्थित रहेको बिबिसीले उल्लेख गरेको छ।
करिब एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ बजेर ३० मिनेटमा भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुवै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य भएको बताइएको छ।
भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदूषित रह्यो। सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदूषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।
इराकमा संसद्को नयाँ निर्वाचनका लागि कैयौं दिनदेखि आन्दोलन जारी रहेको छ। प्रदर्शनकारीले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन्।
संयुक्त राज्य अमेरिकाका दुई महत्वपूर्ण साझेदार राष्ट्रबीचको सम्बन्ध पछिल्लो पटक दक्षिण कोरियाली उच्च अदालतको फैसलाका कारण समस्यामा परेको छ। दक्षिण कोरियाको अदालतले युद्धका समयमा बाध्य पारेर काममा लगाइएका मजदूरलाई जापानी कम्पनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।
प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ।
इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ। इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो।
चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४ घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गरेका छन्। विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन्। राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो।
बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ।
लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २ सय जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ।
थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्। थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिनुभयो। स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ।
थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ। थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गरेका छन्। ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ।
उत्तरी भारतको अयोध्यास्थित विवादित जमिन हिन्दू पक्षलाई दिइनुपर्ने फैसला भारतको सर्वोच्च अदालतले गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा सर्वोच्चले शनिबार फैसला गरेको हो । उसले अयोध्याको विवादित जमिनमा मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दू पक्षलाई जमिन उपलब्ध गराउन फैसला सुनाएको बिबिसीले उल्लेख गरेको छ ।