बेलायतनिवासी लिजा फ्य्राल्यान्ड नाम गरेकी महिलाको आधा कार चोरले लिएर गएको हो। 'घरबाहिर कार पार्क गरेर राती म सुतेकी थिएँ। बिहान उठेर हेर्छु त आधा कार गायब छ,' लिजाले भनिन्। कारको बोनट, बम्पर, रेडियटर, बत्तीलगायत भाग चोरी भएको उनले बताइन्। कारलाई पूर्वअवस्थामा ल्याउन पाँच हजार पाउन्ड खर्च गर्नुपर्ने भएको भन्दै लिजाले चिन्ता व्यक्त गरिन्।
यसअघि पनि बेलायतमा यसरी आधा कार चोरी भएको १० वटा घटना सामुन्ने आइसकेका छन्। आधा कार कसले किन चोरी गर्दै छ भन्ने प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन। रिपेयरिङ मार्केटमा बिक्री गर्ने हेतुले आधा कारका सामग्री चोरी भएको हुनसक्ने प्रहरीले आशंका गर्दै आएको छ।
प्रकाशित: २८ असार २०७२ १९:३३ सोमबार





