२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनका कारण मध्यपूर्वमा खाद्यान्न र पानी अभावको जोखिम

जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै उग्र गर्मीको लहरको उच्च जोखिम रहेको ग्रीनपीसले बुधबार सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ।

इजिप्टमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको केही दिनअघि प्रकाशित ‘लिभिङ अन द एज’ शीर्षकको प्रतिवेदन अल्जेरिया, इजिप्ट, लेबनान, मोरक्को, ट्युनिसिया र संयुक्त अरब इमिरेट्समा केन्द्रित रहेको छ।

मध्यपूर्व विश्वको औसतभन्दा झण्डै दुई गुणा छिटो तापक्रम वृद्धि भइरहेको छ, जसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका कारण ‘अत्यन्त संवेदनशील’ बनेको छ।  प्रतिवेदनमा भनिएको छ, 'यस प्रतिवेदनमा छलफल गरिएका सबै छ वटा देशमा सबै क्षेत्रमा पानीको अभावको उच्च जोखिम हुनेछ, जसले कृषि र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नेछ।'

खडेरी र पानीको अभावले आगामी दशकहरूमा बाली उत्पादनमा असर पार्न सक्छ, जसले खाद्य आयातमा निर्भरता बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ।  रिपोर्टलाई व्याख्या गर्दै ग्रीनपीस रिसर्च ल्याबोरेटरीज’का विज्ञान परामर्शदाता क्याथरीन मिलरले सन् १९८० को दशकदेखि यो क्षेत्र प्रति दशक ०.४ डिग्री सेल्सियसको दरले तीव्र गतिमा बढिरहेको बताए।

यस शताब्दीको अन्त्यसम्ममा मध्यपूर्व र उत्तरी अफ्रिकाका ८० प्रतिशत घना बस्ती भएका सहरहरूमा कम्तीमा पनि ५० प्रतिशत गर्मीको लहर आउने अनुमान गरिएको छ। खाडी क्षेत्रलगायत केही स्थानहरूमा भविष्यमा अत्यधिक गर्मीको समयमा तापक्रम ५६ डिग्री सेल्सियस ९१३२ फरेनहाइट० भन्दा बढी हुन सक्ने रिपोर्टमा उल्लेख छ।

इजिप्टमा आइतबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघको कोप–२७ जलवायु सम्मेलनअघि ग्रीनपिसको यो अध्ययन आएको हो। जलवायु परिवर्तनसम्बन्धी पछिल्लो सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुनेछन्।

गत वर्ष कोप–२६ को अन्त्यमा एक लक्ष्य अघि सार्दै विश्वले वर्तमान उत्सर्जन प्रवृत्तिहरूमा गुमाउन लागेको भन्दै विश्वव्यापी तापक्रम वृद्धि पूर्व–औद्योगिक स्तरको तुलनामा १.५ डिग्री सेल्सियसमा राख्ने प्रतिज्ञाको साथ समाप्त भएको थियो।

प्रकाशित: १६ कार्तिक २०७९ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App