३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इबोला भाइरस फैलिन नदिन उच्च सतर्कता

युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ।

राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन्। उनले ट्वीट गरेर सो कुराको जानकारी दिएका हुन्।

सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन्। मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो।

त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको संक्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले सो ट्वीटमा भनेका छन्। यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्यांक अनुसार यहाँ ५८ जनामा इबोलाको संक्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो।

त्यस्तै २० जना संक्रमित निको भएर घर फर्कीएका थिए। गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको संक्रमण देखिएको थियो। केही वर्षअघि अफ्रिकामा देखिएको यो संक्रमण घातक रहेको छ। यस संक्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ। 

प्रकाशित: १ कार्तिक २०७९ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App