१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जापानको भनाइ

फाइल तस्बिर।

जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको बताएको छ। कोभिड–१९ बाट संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो।

राजधानी टोकियोमा संक्रमणहरू अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ। जापानमा (हिजो) बिहीबार एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ संक्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार राष्ट्रव्यापी संक्रमितको संख्या बुधबार रिपोर्ट गरिएका एक लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् एक लाख ८६ हजार २४६ रहेको छ। ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक संक्रमितको उच्च रेकर्ड रहेको जनाएको छ।

यो भाइरसको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले संक्रमण दरलाई उच्च बनाएको छ। सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन्।

मन्त्री परिषद्का मुख्य सचिव तथा प्रवक्ता हिरोकाजु मात्सुनोले पछिल्लो संक्रमण दर वृद्धिपछि भने, 'चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ। तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन।'

प्रकाशित: ६ श्रावण २०७९ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App