८ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ। बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ।

त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए। भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ। साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए। बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए ।त्यसमा परेर पाँच जना घाइते भएका बताइएको छ। घाइतेलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।

बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए। उत्तराखण्डका मुख्यमन्त्री धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्न लागेको पनि बताइएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७९ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App