२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा आयात प्रतिबन्ध खुकुलो पारियो

श्रीलङ्काले यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ।

अर्थ, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीतिमन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेद्वारा हस्ताक्षरित सूचनामा प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ।

यसअघि ३६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बनाइएको  थियो।

विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन आयातमा रोक लगाउने निर्णय लिइएको थियो।   श्रीलङ्काको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तुहरू आयात गर्न बैंकिंग क्षेत्रमार्फत् पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ।

श्रीलङ्कामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको प्रभाव अतिआवश्यक वस्तुहरूको आयात समेतमा परेको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App