८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।  अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्न एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ ।  

बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ भने प्रहरीले उनको नाम  खुलाएको छैन। प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग समेत गरेका थिए।  

सन्दिग्ध आक्रमणकारीले निकै शक्तिशाली राइफल बोक्नुका साथै शरीरमा गोली छेक्ने कवच र हेल्मेट लगाएको प्रहरीले जनाएको छ।प्रहरीले प्रतिकार गरेपछि उनले आफ्नो हतियार समर्पण गरेका थिए।उनीविरुद्ध हत्याका अभियोगहरू लगाइएको छ। उनी‍विरुद्ध थप अभियोगहरू लगाउन सकिने एक सरकारी वकिलले बताएका छन्।रासस

प्रकाशित: १ जेष्ठ २०७९ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App