११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु

फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन्।

उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन्।

 यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण  दशौं हजारलाई विस्थापित भएका छन्।

कैयौ मानिसहरू अझै हराइरहेका छन्। हराइरहेका ती मानिसहरु  मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित: १ वैशाख २०७९ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App