१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी राष्ट्रपति भन्छन् : धम्कीले वार्तालाई कमजोर बनाइरहेको छ

इरानी राष्ट्रपति मसूद पजाकियानले इरान वार्ताका लागि तयार भए पनि उसका विपक्षीहरूले धम्की र आक्रामक कदमहरूले वार्तालाई कमजोर बनाइरहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानले सधैं वार्ता र सम्झौताको स्वागत गरेको र गरिरहने बताएका हुन्। तर उनले अर्थपूर्ण वार्ताका लागि खराब नियतले गरिएका कार्यहरू नाकाबन्दी र धम्कीहरू सबैभन्दा ठूला बाधाहरू भएको चेतावनी पनि दिए।

उनले विपक्षीको भनाइ र गराइमा भिन्नता रहेको पनि बताए। उनले भने, 'संसारले सतही र खोक्रो बयानबाजी देखिरहेको छ, जसले विश्वासलाई कमजोर बनाउँछ।'

प्रकाशित: १० वैशाख २०८३ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App