१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा 'ओमिक्रोन एक्सई' भेरिएन्टको पहिलो संक्रमित भेटियो

भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।

भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो। यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ। अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ।

प्रकाशित: २३ चैत्र २०७८ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App