१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सबै अमेरिकी कम्पनीहरूले रुसी बजार छोड्नुपर्छः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन्।

रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ। सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति जेलेन्स्की ऋणी भएको बताए।  

‘रूसी सैन्य मेसिन नरोकिने बेलासम्म’ अझै बढी गर्न र थप प्रतिबन्धहरू जारी गर्न उनले अमेरिकी संसदलाई आह्वान गरे। रुसी संघका सबै राजनीतिज्ञलाई प्रतिबन्ध लगाउन उनले अमेरिकालाई सुझाव दिएका छन्। ‘सबै अमेरिकी कम्पनीहरूले तुरुन्तै रुसी बजार छोड्नुपर्छ किनभने यो हाम्रो रगतले भरिएको छ,’ उनले थपे।

प्रकाशित: ३ चैत्र २०७८ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App