१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीले रूसी ग्यासमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्दै

सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन्।

रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले रूसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री ड्राघीले बताएका हुन्। सरकारले सम्भावित इन्धन सङ्कटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको छ। यूक्रेनमा रूसले आक्रमण गरेसँगै इटालीलगायतका यूरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ।

इटालीको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इटलीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ। प्रारम्भिक तथ्याङ्कहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन्।

ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रूसबाट आपूर्ति हुने गर्दछ। उनले भने, 'रूसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ।'

इटालीमा बढ्दो गर्मीसँगै न्यानोका लागि प्रयोग गरिने ग्यासको मागमा कमी आउने बताइएको छ। इटालीसँग अहिले २ं५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App