३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रंगभेद विरोधी अभियन्ता टुटुको निधन

दक्षिण अफ्रिकाका रंगभेदविरोधी अभियन्ता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ। नोबेल शान्ति पुरस्कार विजेता तथा इसाई पादरीसमेत रहेका टुटुको निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।

दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन भएको आन्दोलनमा उत्कृष्ट सहभागिता जनाएका टुटु विश्वव्यापी मानवअधिकारका हिमायती रहेको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ।

पोस्ट्रेट क्यान्सरका बिरामी टुटु सन् २०१५ यता कैयनपटक अस्पताल भर्ना भएका थिए। सन् १९८० को दशकमा दक्षिण अफ्रिकामा भड्केको रंगभेदविरोधी हिंसा र त्यसपछि त्यहाँ घोषणा गरिएको आपत्कालको समयमा भएका ज्यादतीको विरोधमा टुटुले सशक्त आवाज उठाएका थिए।

सन् १९९४ मा नेल्सन मन्डेला राष्ट्रपति हुँदा टुटुलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाइएको थियो। सन् १९३१ अक्टुबर ७ मा जोहानेसवर्गको पश्चिम भेगस्थित गमाक्लर्कसडोर्पमा जन्मेका टुटुका पत्नी र चार छोराछोरी छन्।

प्रकाशित: १२ पुस २०७८ ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App