२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विवाहको २७ वर्षपछि बिल गेट्स दम्पतीको सम्बन्धविच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद हुने भएको छ।  बिल गेट्सले आफूहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको  सामाजिक सन्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्। 

बिल गेट्सले ट्वीटरमा लेखेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’ ‘फाउन्डेसनमा सँगै काम गर्ने क्रम भने जारी राख्छौं।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो। जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन्। 

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन्।  यद्यपी उनीहरुले के कारणले सम्बन्ध विच्छेद गर्न लागेको हो भनेर खुलाएका छैनन्। उनीहरुका तीन सन्तान छन्।

प्रकाशित: २१ वैशाख २०७८ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App