८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्पकाे प्रत्यक्ष प्रसारण बीचमै रोकियाे

अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्। चुनावको परिणामलाई लिएर ट्रम्पले गरेको टिप्पणीको प्रत्यक्ष प्रसारण रोकेर च्यानलहरूले ट्रम्पले झुटो बोलेको बताएका छन्।

एबीसी, सीबीएस र एनबीसी टिभी च्यानलले उनले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष पसारण गरेका थिए। तर ट्रम्पले चुनावी परिणामको बारेमा दर्शकलाई झुटा बयान दिएको बताउदै च्यानलहरूले प्रत्यक्ष प्रसारण रोकेका थिए।

उनले हुलाकबाट आएका मतपत्रको बारेमा बोलेका थिए। उनले हुलाकबाट आएका मतपत्रको विश्वसनीयता नभएको बताएका थिए।

ट्रम्पले मतदान हुनुभन्दा पहिले आफ्ना समर्थकहरुलाई हुलाकबाट नभई मतदान स्थलमा नै गएर मत दिन अनुरोध गरेका थिए। तर, जो बाइडेनले महामारीका कारण मतदान स्थलभन्दा हुलाकबाट नै मतदान गर्न आफ्ना समर्थकलाई अनुरोध गरेका थिए।

प्रकाशित: २१ कार्तिक २०७७ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App