३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा विस्फोट, ५ को मृत्यु, २५ जनाभन्दा बढी घाइते

घटनास्थल। तस्बिर : बिबिसीबाट

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक भवनमा विस्फोट भएको छ।  

त्यहाँको प्रहरीका अनुसार घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।  

कराचीका बिबिसी संवाददाता रियाज सुहैलका अनुसार कराची विश्वविद्यालयको प्रवेशद्वार अगाडि रहेको मसकान चौरंगीको नजिक चारतले भवन बुधबार बिहान साढे ९ बजे विस्फोट भएको हो।  

भवनको भुइँतलामा बैंक, रेस्टुरेन्ट तथा पसल थिए भने माथिल्ला तलाहरूमा आवासीय फ्ल्याट थिए।  

घाइतेहरूलाई पटेल अस्पताल लगिएको छ। मृत्यु भएकामध्ये ३ वटा शव जिन्ना अस्पताल र दुई शव अब्बासी सहिद अस्पतालमा लगिएका छन्।

विस्फोट ग्यास चुहिएर भयो वा अन्य कुनै कारण भयो भन्नेबारे प्रमाण प्राप्त भइनसनेको बम डिस्पोजल टोलीले जनाएको छ।  

घटनास्थलमा खाना पकाउने ग्यासका चुल्हा पग्लिएका टुक्रा फेला परेको बिबिसीले जनाएको छ।  

प्रकाशित: ५ कार्तिक २०७७ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App