coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनासँग सम्बन्धित यी हुन् विश्वका ताजा खबर

क्याप्शन

–जन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म डेढ करोडभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने तीमध्ये ६ लाख १८ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ ।  

–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोनाविरुद्ध खोप विकासमा निकै प्रगति भइरहेको छ तर सन् २०२१ भन्दाअघि खोप तयार हुने आशा गर्न सकिन्न ।  

–अमेरिकाको राजधानी वासिङ्टन डिसीका मेयरले सार्वजनिक स्थलमा मास्क लगाउनु अनिवार्य घोषणा गरेका छन् ।  

–ब्राजिलका राष्ट्रपति बोलसोनारो स्वास्थ्य रिपोर्ट दोस्रोपटक पनि कारोना पोजिटिभ आएको छ । दुई हप्ता पहिले पनि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनैले जानकारी गराएका थिए ।  

–मानव अधिकार क्षेत्रमा कार्यरत दुई संस्थाले लामो लकडाउनका कारण दक्षिण र दक्षिणपूर्वी एसियाका देशमा बच्चा खासगरी बालिकाविरुद्ध दुव्र्यवहार र शोषण बढ्ने जोखिम देखिएको चेतावनी दिएका छन् । प्लान इन्टरनेसनल र सेभ द चिल्ड्रेनका अनुसार महामारी अन्त्य भएपछि पनि विश्वका झन्डै एक करोड बालबालिकाले फेरि स्कुलको मुख देख्न पाउने सम्भावना देखिँदैन ।  बिबिसी

प्रकाशित: ८ श्रावण २०७७ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App