७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ । 

स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफू जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर आफूले काम गरेको दावी गरेका छन् । उनले संसदमा आफू कानुन निर्माताको रूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गरे । 

कोरोना भाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो । उनी अपदस्त हुनुको पछाडि उनले प्रयोग गरेका शब्द नै मुख्य कारण बन्न पुगेको समाचारमा जनाइएको छ ।  

प्रकाशित: १८ असार २०७७ १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App