१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुर्व्यवहार, न्यूयोर्क प्रहरीको सर्वत्र आलोचना

संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ।

 डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ। ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको छ।  

तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउनेक्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ। यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ। बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाई सार्वजनिक गरेको छ।

प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको छ। प्रहरी आयुक्तले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताएको छ।  

पश्चिम न्यूयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन। न्यूयोर्कको एक ्अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था “स्थिर” रहेको बताइएको छ।  

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७७ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App