१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ। काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ।

काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ। उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्रहरीको कारबाही भने जारी रहेको छ।  यसअघि सोमबार मात्र पनि भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा तीन जना आतंककारी मारिएको भारतीय सेनाले जानकारी दिएको थियो।

त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७७ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App