१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

गरिव, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।  

प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन सकिने उल्लेख गरेका हुन् ।  

मोदीले एनडीए नेतृत्वको केन्द्रिय सरकार गठन गरेर दोस्रो कार्यकाल शुरु गरेको एक बर्ष पुरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पु¥याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गरेका छन् ।  

“त्यसैले हामीले यस वर्ष गरिब, किसान, महिला र युवालाई सशक्तिकरण गर्ने कुरालाई प्राथमिकतामा राख्यौँ,” उनले भने ।उनले नागरिकका नाममा पत्र समेत लेख्दै गत एक वर्षमा सरकारले गरेका कामहरुको सूची पनि सार्वजनिक गरेका छन् ।  

सूचीमा उनले आफुहरुको प्रयास, उपलब्धि, ठूला ठूला निर्णयहरुलगायत पनि समेट्नु भएको जनाइएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिइरहेको र देशभरी लकडाउन लागु गर्नु परेको अवस्थामा समेत सरकारले प्रभावकारी कामहरु गरेको प्रधानमन्त्री मोदीको दाबी छ ।  

उनले जम्मु कश्मिरलाई केन्द्रीय प्रशासनअन्तर्गत ल्याएको, अयोध्या सम्वन्धी आदेश आएको, नागरिकता सम्वन्धी नयाँ व्यवस्था गरिएको लगायतका विषयलाई मुख्य कार्यको रुपमा उल्लेख गरेका छन् ।

त्यसैगरी देशको विकास र राष्ट्रिय एकताका लागि धेरै कामहरु भएको पनि प्रधानमन्त्री मोदीले पत्रमा लेखेका छन् । उनले किसानहरुलाई सम्मान र प्रेरणा प्रदान गर्न आफुले प्रधानमन्त्री किसान सम्मान निधि शुरु गरेको पनि चर्चा गरेका छन् ।  

“यस कार्यक्रम अन्तर्गत एक बर्षमा झण्डै दश करोड किसानको खातामा ७२ हजार करोडभन्दा बढी रकम जम्मा गरिदिइएको छ,” प्रधानमन्त्री मोदीले लेखेका छन्।

प्रकाशित: १७ जेष्ठ २०७७ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App