२१ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनः १७ पदका लागि भोलि मतदान

कोशी प्रदेशमा खस आर्यतर्फ एकमात्र निर्विरोध

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १७ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा निर्विरोध निर्वाचित भएको छ।  

बाँकी १७ पदका लागि भोलि माघ ११ गते बिहान ९:०० बजे देखि दिउँसो ३:०० बजे सम्म मतदान हुनेछ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन्। निर्वाचन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन प्रत्येक प्रदेशमा अलग-अलग मतदान स्थल र मतदान केन्द्र तोकिएको छ।

मतदान स्थल र केन्द्र  

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मोरङ

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४, धनुषा

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४, मकवानपुर

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा, कास्की

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

निर्वाचन सम्बन्धी थप जानकारी तथा तयारीका लागि सम्बन्धित निर्वाचन कार्यालयले मतदान स्थलमा आवश्यक व्यवस्थापन पूरा गरेको जनाएको छ ।  

मतदाताहरूले तोकिएको समयमै मतदान गरेर राष्ट्रिय सभाको रिक्त पद पूर्ति गर्ने प्रक्रिया अघि बढाउने छन्।

प्रकाशित: १० माघ २०८२ २०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App