६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो । बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो ।

आज बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए । यसबाट दशौँलाख व्यक्ति प्रभावित भएका छन् ।तर पनि अहिलेसम्म यसबाट पुगेको कुनै मानवीय तथा भौतिक क्षतिको समाचार भने आएको छैन ।

प्रकाशित: ७ जेष्ठ २०७७ १६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App