१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिवियाली युद्धविरामको सम्भावना अझै टरेको छैन : टर्की

टर्की (एएफपी) – लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए। लिवियाली द्वन्द्वलाई छलफल र बहसबाट समझदारी निर्माण गरी अघि बढ्न सकिने टर्कीले बताएको छ।

‘अझै पनि लिवियामा युद्धविरामको सम्भावना सकिएको छैन,’ टर्कीका रक्षामन्त्री हालसी अकारले अंकरामा पत्रकारसँगको नियमित संवादमा भने।

जनवरी १२ मा स्थायी युद्धविराम सहमतिलाई अन्तिमरूप दिइने तयारी रहेका समय हस्ताक्षर नागरिक नै सोही दिन बिहानै हफ्तर स्वदेश फर्केको सञ्चारमाध्यमहरूले जनाएका थिए। लिवियासम्बन्धमा प्रयासहरू निरन्तर रहने अकारले बताए।    
     
उनले थपे,‘लिवियाली द्वन्द्वबारे अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबार बर्लिनमा हुनेछ। टर्की लिवियामा युद्धविराम, शान्ति र राजनीतिक संकटको यथोचित समाधानको पक्षमा रहनेछ।’   

जर्मनीले लिवियाली द्वन्द्वरत पक्षहरूलाई उक्त क्षेत्रका ११ मुलुकसहित केही अन्तर्राष्ट्रिय संगठनको उपस्थितिमा हुने वार्तामा आमन्त्रण गरिसकेको छ। टर्कीले संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त राष्ट्रिय सहमतिको सरकारलाई मान्यता दिँदै आएको छ। तर, त्रिपोलीबाट प्रशासन हेरिरहेको छ।     
     
संयुक्त राष्ट्रसंघका अनुसार लिवियामा गत अप्रिलदेखि त्रिपोलीलाई लक्षित गरी हफ्तरको सेनाले आक्रमण सुरू गरेपछि कम्तीमा दुई सय  सर्वसाधारणसहित दुई हजार लडाकु मारिएका छन् भने एक लाख ४६ हजार लिवियाली विस्थापित बनेका छन्।     
     
टर्कीले लिवियामा आफ्नो सेना पठाइसकेको छ। तर, टर्कीको सेनाले युद्धमा त्रिपोलीस्थित फायज अल–साराज नेतृत्वको सरकारलाई हफ्तरको समूहविरूद्ध सक्रिय लडाई नलड्ने तर आवश्यक तालिम र परामर्श प्रदान गर्ने बताउँदै आएको छ।    

अकारले लिवियामा तैनाद सैनिकको संख्याबारे केही बताएनन्। तर, संख्यालाई त्रिपोलीको आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताएका छन्।

प्रकाशित: २ माघ २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App