६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिड्नी गोलीकाण्डमा २० घाइते, संदिग्ध पक्राउ

सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ।  

प्रहरीले संदिग्धलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीहरूमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ।

न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेरीले उक्त क्षेत्रमा ५० देखि १०० वटा गोली चलेको र प्रहरीले ६० वर्ष उमेरका संदिग्ध सुटरलाई पक्राउ गरेको जनाएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १९ जनाको काँचको टुक्राले गर्दा घाइते भएको पुष्टि गर्दै घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

उच्च सुरक्षा व्यवस्था सामूहिक हत्या र अनियमित गोलीबारी दुर्लभ भएको अस्ट्रेलियामा हात हतियार सम्बन्धी कानूनहरू अत्यन्त कडा छन्।

प्रकाशित: २० आश्विन २०८२ २०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App